असोज ९, काठमाडौँ । ८ दिनदेखि राष्ट्रिय सभागृहबाहिर उभिइरहेका अभियन्ता ई: र काठमाडौँ महानगरपालिकाबीच वार्ता हुने भएको छ ।
मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले मंगलबार दिउँसो साढे २ बजे वार्ता हुने जानकारी दिएका छन ।
काठमाडौँ महानगरपालिकाका तर्फबाट प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाइएको छ भने आन्दोलनरत अभियन्ता ईः पक्षबाट ईः सहितको टोली वार्तामा जाने भएका छन।
- न्युज बहार संवाददाता