जेठ ४, बुटवल । रुपन्देहीको दोस्रो ठूलो क्याम्पसको रुपमा चिनिएको बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही जेठ १४ गते हुने तय भएको छ ।
गत चैत ५ गते निर्वाचन प्रक्रिया सुरु भएपछि सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएका थिए। त्यसपछी चुनाव हुन सकेको थिएन ।
अहले क्याम्पसले सार्वजनिक गरेको नयाँ निर्वाचन कार्यतालिका अनुसार जेठ ११ गते मनोनयन दर्ता र १४ गते मतदान गर्ने गरी तालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता