पुस १३,
काठमाडौँ । अबदेखि 'जनयुद्ध
दिवस' मा बिदा
नदिन आदेश सर्वोच्च अदालतले दिएको छ। यो संगै सर्वोच्च अदालतद्वारा जनयुद्ध
दिवसमा बिदा दिने सरकारको निर्णय बदर भएको छ ।
आज शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराई र
महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय
कार्यान्वयन नगर्न आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद
घिमिरेले जानकारी दिएका छन।
फागुन १
गते सरकारले 'जनयुद्ध
दिवस' भनि सार्वजनिक
बिदा दिने गरेको थियो ।
यस विषयमा सर्वोच्चले शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको को व्याख्या गरेको छ।
- न्युज बहार संवाददाता