Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अस्पताल पुर्याउँनु अघी आफ्नै घरको शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए सुवास नेम्वाङ

  •   ३ वर्ष अघि | २६ भदौ २०८०, मङ्लबार

भदौ २६, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । गएराती १ बजे तिरको समयमा उनी शौचालयमा बेहोस अवस्थामा फेला परेपछी उनलाई त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ ।

अरु दिन जस्तै गएराती पनि नेम्वाङ बालुवाटारस्थित आफ्नो निवासमा थिए । उनलाई सामन्य रुघा खोकी लागेको थियो । गएराति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका परिवारका सदस्यहरुले जनाएका छन । यसरी बोहोस अवस्थामा भेटेपछी उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँन करिब ५० मिनेट अर्थात रातिको १:५० बजेको थियो ।

अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नेम्वाङको मुटुको धडकन, नाडी र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरिएको अस्पताल स्रोतले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार  चिकित्सकहरुले पहिले मेडिकल प्वाइन्टबाट नेम्वाङको सास फेरे नफेरेको, नाडी चले नचलेको र मुटु चले नचलेको हेरेका थिए तर नेम्वाङमा ती केही पनि भेटिएको थिएन । चिकित्सकहरु भन्छन यस्तो हुनु भनेको हस्पिटल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भइसकेको भन्ने बुझिन्छ।

अस्पताल स्रोतले नेम्वाङलाई अस्पताल पुर्याउँदा साइन्स अफ लाइफ भन्ने केही पनि नभएको जनाएको छ । तै पनि चिकित्सकहरुले ट्राइ गरी ईसीजी, सीपीआर र मेडिसिन दिएर हेर्दा पनि केही नभएपछी कन्फर्म डेथ भन्ने निष्कर्षमा पुगेको अस्पताल स्रोतले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप