बैशाख २, कञ्चनपुर । कञ्चन बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयले जानकारीबिनै परीक्षा केन्द्र अन्यत्र तोकेको भन्दै कञ्चनपुरको आन्दोलित भएका छन्।
कृष्णपुर नगरपालिका-५ को कञ्चन बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका हुन्।
त्रिभुवन विश्वविद्यालयले बिए, बिएड र बिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो निर्णय सच्याउनु पर्ने माग राखेका छन्।
आज शनिबार स्वतन्त्र विद्यार्थी युनियनको संगठनले प्रेस विज्ञप्ति निकाल्दै परीक्षा केन्द्र कञ्चन बहुमुखी क्याम्पसमा हुनुपर्ने नभए परीक्षा बहिष्कार गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रेस विज्ञप्तिमा उल्लेख गिएको छ।
यता, नेविसंघले पनि सोही माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ।
शनिबार उनीहरूले सोही माग राख्दै पूर्व-पश्चिम राजमार्ग केहीबेर बन्द समेत गरेका थिए।
- न्युज बहार संवाददाता