भदौ १५, काठमाडौँ । छिमेकी राष्ट्रहरु चीनले सार्वजनिक गरेको नयाँ नक्साले चिढिएका छन् । ३ राष्ट्रले आफूहरुको
सार्वभौमिकता ख्याल नगरी चीनले नयाँ नक्सा जारी गरेको भन्दै विरोध जनाउँदा नेपाल
भने मौन देखिएको ।
यसै विषयमा नेकपा माओवादी केन्द्रले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने बताएको छ ।
शुक्रबार माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले विशेष अभियानका सम्बन्धमा गरेको पत्रकार सम्मलेलनमा नक्सा विवादबारे प्रधानमन्त्रीले कुटनैतिक तवरबाट कुरा राख्ने जानकारी दिएका हुन् ।
उनले चीनले किन यस्तो गर्यो भन्ने सम्बन्धमा पार्टी र सरकारले पनि चासो दिएको भन्दै कुटनैतिक तबरबाट हल गर्ने स्पष्ट पारेका छन ।
- न्युज बहार संवाददाता