चैत ५, विराटनगर । आइतबार विराटनगरमा भएको
प्रदर्शनमा दुई जना प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन। प्रदेशको नाम ‘कोशी’ राखिएको विरोध प्रदर्शनमा प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका मोरङ प्रहरी प्रमुख दिपक
पोखरेलले जानकारी दिएका छन् ।
निषेधित क्षेत्र तोडेर उक्त क्षेत्रमै प्रदर्शनकारीहरुले नाराबाजी
गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले
अश्रुग्याँस र हवाई फायर समेत गरेको हो।
प्रहरीको बल प्रदर्शनको विरुद्धमा आक्रोशित भएका
प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि नै मुख्यमन्त्री हिक्मतकुमार
कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजीसमेत गरेका थिए। उनीहरुले प्रहरीमाथिसमेत
ढुंगामुढा गरेका प्रदर्शनकारीलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो।
- न्युज बहार संवाददाता