चैत २०, काठमाडौं । तनहुँ, बारा र चितवनमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्य तालिका रहेको निर्वाचन आयोगले जनाएको छ।
तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्य तालिका अनुसार आज चैत २० गते सोमबार उम्मेदवारी दर्ता गर्न लागिएको हो।
आज दर्ताका लागी निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।
यस्तै भोली चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी
दर्ता, चैत
२२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने
कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ।
- न्युज बहार संवाददाता