साउन १९, काठमाडौँ । एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बा रिहा भएकी छन । भन्सार एजेन्ट रहेकी ‘जिम्मा जमानी’ छुटेकी हुन ।
राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले रुक्मिना क्यान्सर पीडित भएको हुनाले बोलाएको बेलामा उपस्थित गराउने शर्तमा रिहा गरिएको बताएका छन ।
यस विषयमा अधिकारीले भने–‘उनलाई उपचार प्रयोजनार्थ रिहा गरिएको हो, सुनमा असंलग्न भनेर होइन् ।’
- न्युज बहार संवाददाता