बैशाख ११, तनहुँ । तनहुँ -१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना अहिले जारी रहेको छ।
पछिल्लो मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता बनाएका छन।
सोमबार बिहान ६ बजे सम्ममा ७६८२ मत गणना हुँदा वाग्लेले ४३०३ मत पाएका ल्याएका छन । यो मत अहिलेसम्म गणना भएको कुल मतको ५६.०१ प्रतिशत हुन आउँछ । स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १९३३ मत ल्याएर पछ्याइरहेका छन् भने ११९८ मत ल्याएर तेस्रो स्थानमा नेकपा एमाले तर्फका सर्वेन्द्र खनाल रहेका छन।
- न्युज बहार संवाददाता