चैत
३, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक आज
बस्ने भएको छ। उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय
गर्न पार्टीको बैठक बस्न लागेको हो।
बैठक आज
शुक्रबार बिहान साढे ११ बजेबाट पार्टी कार्यालयमा बस्ने भएको छ। आजै १० बजेदेखि ३
बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदानको समय तोकिएको छ।
रास्वपाले
गत फागुन २५ मा भएको राष्ट्रपति निर्वाचनमा नेपालि काग्रेसका उम्मेदावार रामचन्द्र
पौडेललाई मत दिएको थियो।
- न्युज बहार संवाददाता