Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन : रवि लामिछाने।

  •   ४ वर्ष अघि | २७ चैत्र २०७९, सोमवार

चैत २७, काठमाडौँ । आफ्नो पार्टी भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन्।

सभापति लामिछानेले आइतबार राति सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीमा पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि आफुहरुले नसहने बताएका छन्।

उनले लेखेका छन् : ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी  होइन। पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं।  कडा भन्दा कडा कारवाही गर्छौ। बेथितिको बचाउ गर्दैनौं  बरु उदाङो पारी दण्डित गर्छौ।’ 

आइतबार पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ र व्यावसायी दुर्गा प्रसाईबीच आर्थिक लेनदेन गरेको अडियो बाहिर आएको थियो । सोही विषयलाई लिएर लामिछानेले आफ्नो सामाजिक सञ्जालमा त्यस्तो लेखेका हुन। रविले अहिले सोही अडियो प्रकरणलाई चुनावी हतियार बनाएको र विपक्षीहरुले थप आक्रमणका लागि भएभरको शक्ति लगाएको आरोप लगाएका छन्।

  • न्युज बहार संवाददाता

थप