असोज ९, काठमाडौँ । भोलि बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।
पार्टीका
महामन्त्री मुकुल ढकालले पार्टी कार्यालयमा बुधबार अपराह्न ४ बजेका लागी बैठक
बोलाएको जानकारी गराएका छन ।
उनले
भने ‘जनआवाज सुन्ने कार्यक्रमको समीक्षा र राष्ट्रपतिले
गम्भीर प्रकृतिको फौजदारी अपराधमा सजाय काटिरहेका व्यक्तिलाई दिएको माफी दुई वटा
विषयमा छलफल गर्न संयुक्त दलको बैठक बोलाइएको हो।’
- न्युज बहार संवाददाता