असोज ११, काठमाडौँ । सुन तस्करीको अनुसन्धान गर्नका लागि जाँचबुझ आयोग गठन गर्न रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार, सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेको ध्यानाकर्षण गरेको छ ।
रास्वपाको बुधबार बसेको संसदीय दलको संयुक्त र पार्टीको केन्द्रीय समिति बैठकले दलहरुका बीचमा भएको सहमति अनुसार आयोग गठन नभएकोमा असन्तुष्टि जनाएको छ ।
- न्युज बहार संवाददाता