Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै

  •   १ वर्ष अघि | १२ जेष्ठ २०८२, आइतवार

जेठ ११, काठमाडौँ । आज आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बस्दैछ । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकका लागि चार वटा कार्यसूची तय गरिएको छ रास्वपा ।

आज बस्ने बैठकमा सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दा प्रतिशोधपूर्ण र झूटा रहेको बताउँदै सर्वोच्च अदालतको आदेश र आगामी प्रक्रियाबारे छलफल हुने प्रवक्ता  झाले जनाएका छन ।

त्यस्तै आजको अध्यागमनमा भिजिट भिसाको नाममा रकम असुलीबारे पनि छलफल गरिने छ । शनिबार नै रास्वपाले भर्चुअल बैठक राखेर गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने निष्कर्ष निकालेको थियो।

यसका साथै आज बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको आगामी कार्यदिशा र महाधिवेशनलक्षित क्यालेन्डर र तेस्रो स्थापना दिवस (असार– ७) को कार्यक्रमबारे पनि छलफल हुनेछ। 

  • न्युज बहार संवाददाता

थप