साउन १५, काठमाडौँ । राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय काठमाडौँ महानगरपालिकाले तत्काललाई नभत्काउने भएको छ । कार्यालय नभत्काउन आग्रह गर्दै राप्रपाले लिखित रुपमा २१ दिनको समय मागेर पत्राचार गरेसँगै त्यसलाई महानगरपालिकाले स्वीकार्दै २१ दिनको समय दिएको हो ।
राप्रपाले २१ दिनको समय माग गरेर लिखित रुपमा पत्र दर्ता गरेसँगै सो अवधिका लागि पर्खिने निर्णय भएको काठमाडौँ महानगरपालिकाका प्रहरी बल प्रमुख राजु पाण्डेले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता