पुस २३, काठमाडौँ । यही पुस २७ गते
३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र
पार्टीले भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको
छ ।
पार्टीका प्रवक्ता
एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार उक्त चियापान कार्यक्रममा
प्रधानमन्त्री, मन्त्रीहरु, कूटनीतिक तथा संवैधानिक निकायका
प्रतिनिधि, विभिन्न
राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, धार्मिक सङ्घ सङ्गठन, विभिन्न पेसाकर्मी, बुद्धिजीवीलगायत ८,००० जनालाई निमन्त्रणा गरिएको जानकारी
दिइएको छ।
- न्युज बहार संवाददाता