जेठ २३, काठमाडौँ । भिभीआइपी र भिआइपीहरूलाई नागढुंगादेखि गल्छीसम्मको सडकमा यात्रा गर्न राप्रपाकी सांसद बिना लामाले आग्रह गरेकी छन्।
आज
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा सचेतकसमेत रहेकी लामाले
नागढुंगादेखि गल्छी सडकमा जनताले दु:ख पाइएको बताएकी हुन ।
उनले
भनिन्, ‘मेरो अनुरोध सम्माननीय र माननीयज्यूहरू नागढुंगादेखि बिना सुरक्षा
र तामझाँमबिनै आफै गाडी चलाएर तथा गाडीको सीसा खोलेर यात्रा गरिदिनुस्,
त्यसपछी त्यहाँ
जनताको समस्या देखिनेछ।’
अहिले नागढुंगा-गल्छी
सडक स्तरउन्नतीका काम भइरहेको छ । सोही काम नसकिदाँ यात्रुले पानी परेका बेला हिलो
र घाम चर्केका बेला धुलोको समस्या झेलिरहेका छन ।
- न्युज बहार संवाददाता