साउन १५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी काठमाडौँ महानगरपालिकाले गरेको छ।
महानगरले उक्त राप्रपाको पार्टी कार्यलय भवन बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको भन्दै हटाउन राप्रपालाई गत शुक्रबार नै समय दिएको थियो।
तर राप्रपाले कार्यालय आज सम्म पनि नसारेपछि महानगरले त्यस भवनलाई आज भत्काउने तयारी गरेको छ।
राप्रपाका नेता, कार्यकर्ताहरू महानगरले कार्यालय भत्काउने खबरपछि केन्द्रीय कार्यालय पुगेका छन् भने राप्रपा कार्यकर्ताहरूले महानगरको डोजरलाइ रोक्न सडकमा गाडी राखेर अवरोधसमेत गरेका छन्।
- न्युज बहार संवाददाता