चैत
६, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी
विवादमा मुद्दा नचल्ने भएको छ।
सहन्यायाधिवक्ता
सञ्जीवराज रेग्मीले महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध
मुद्दा नचलाउने निर्णय गरेको जानकारी दिएका छन।
लामिछानेविरूद्ध
मुद्दा नचलाउने प्रतिवेदन यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी
वकिलको कार्यालयमा पठाएको थियो।
जिल्लाको
प्रतिवेदनलाई उच्च
सरकारी वकिलको कार्यालयले गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो।
काठमाडौं
जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेमाथि विभिन्न तथ्यगत कारणले गर्दा मुद्दा
नचलाउने निर्णय गरेको थियो।
- न्युज बहार संवाददाता