Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नागरिकता र राहदानी विवाद न्यायिक प्रक्रियाबाट टुंगो लागिसकेको रवि लामिछानेको भनाई।

  •   ४ वर्ष अघि | २० चैत्र २०७९, सोमवार

चैत २०, काठमाडौँ। आफ्नो नागरिकता र राहदानी विवाद न्यायिक प्रक्रियाबाट टुंगो लागिसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन्। 

लामिछानेले बैशाख १० हुने उपनिर्वाचनमा चितवन–२ का लागी प्रतिनिधि सभा सदस्यकामा मनोनयन दर्ता गर्दै न्यायिक प्रक्रियाबाट सबै विवाद टुंगो लागिसकेका कारण समस्या नआउने बताएका हुन्।

युवराज सफलले लामिछानेविरूद्ध सर्वोच्चमा दायर गरेको रिट निवेदनबारे पत्रकारले सोधेको प्रश्नमा आफूले सन् २०१८ मा नै अमेरिकी नागरिकता त्यागिसकेको र त्यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठमा पनि उल्लेख रहेको बताउँदै समस्या नआउने बताएका छन।

उनले भने ‘सिध्याउने नै नियत राखेर भएभरका शक्ति लागे भने बेग्लै कुरा भयो।’ 

पार्टीका सभापति लामिछानेले आफ्नै पार्टीको विचार, नीति र सिद्धान्तको बलमा चुनाव लड्ने र कसैसँग गठबन्धन नगर्ने पनि बताएका छन भने उनले अन्य दलका उम्मेदवारहरूलाई शुभकामना समेत दिएका छन्।

  • न्युज बहार संवाददाता

थप