बैशाख १२, काठमाडौँ । चितवन क्षेत्र नम्बर २ बाट रास्वपाका सभापति रवि लामिछाने विजयी भएका छन। यसअघि मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ विजयी भएका हुन ।
अन्तिम मत परिणाममा आउँदा रवि लामिछानेले ५४१७५ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११११४ मत मात्र पाएका छन्।
उनीहरूबीचको ४३०६१ को मतान्तर रहेको छ।
नागरिकता विवादमा उनको संसद पद गुमेसँगै चितवन २ मा पुन उपनिर्वाचन भएको थियो।
- न्युज बहार संवाददाता