साउन १०, काठमाडौँ । अवैध सुन आयात प्रकरणमा भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आशंका व्यक्त गरेका छन् ।
प्रतिनिधिसभा बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै लिङ्देनले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको बताएका हुन ।
- न्युज बहार संवाददाता