Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र

  •   २ हप्ता अघि | ४ मंसिर २०८०, सोमवार

मंसिर ४, काठमाडौँ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधित क्षेत्र तोकेको छ। 

३० दिनका लागि काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निषेधित क्षेत्र घोषणा गरेका हुन्।

मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले निकट युवा संघ पक्षले माइतीघरमा प्रदर्शन गर्न लागेका थिए। 

सोही प्रदर्शनका विषयमा प्रशासनले एकैदिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आदेश जारी गरेको हो। 

जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिसको आधारमा सोमबारदेखि ३० दिनसम्मका लागि ५  जना भन्दा बढी व्यक्ति भेला भएर प्रदर्शन, जुलुस, धर्ना, अनसन, घेराउ लगायत विरोध प्रदर्शन गर्न निषेध गरेको हो। 

  • न्युज बहार संवाददाता

थप