Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, नर्भिक अस्पतालमा उपचार गरिदैँ

  •   ३ वर्ष अघि | ३० असोज २०८०, मङ्लबार

असोज ३०, काठमाडौँ । स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थापाथलीस्थित नर्भिक अस्पताल गएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा पुगेर स्वास्थ्य चेकजाँच गराएका हुन । 

आचार्यले भने ‘नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीज्यु नर्भिक जानुभएको हो, परीक्षण सकेर निवास फर्कनुहुन्छ, निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार  चेकजाँचका लागि अस्पताल जानुभएको हो।’

डा. शर्माले प्रधानमन्त्रीको छातीमा केही समस्याजस्तो देखिएपछी चेकजाँच गर्न सुझाव दिएको बताइएको छ ।

  • न्युज बहार संवाददाता

थप