Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तेस्रो पटक विश्वासको मत प्राप्त

  •   ३ वर्ष अघि | ३० फाल्गुन २०८०, बुधबार

फागुन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिएका छन भने ११० जनाले यसको विपक्षमा मतदान गरेका छन ।

यसैबिच एक जना भने तटस्थ रहेका छन ।

आज बुधबार प्रधानमन्त्रीले विश्वासको मतको माग गर्दा प्रतिनिधिसभाका जम्मा २७५ सदस्यमध्ये २६८ जनाले मतदानमा सहभागीता जनाएका थिए ।

आफ्नो पक्षमा बहुमत देखाउन प्रधानमन्त्रीले प्रतिनिधिसभामा कम्तीमा १३८ जनाको समर्थन जुटाउनु पर्ने हुन्थ्यो ।

विश्वासको मतको पक्षमा नेकपा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदहरु समेतले मतदान गरेका छन ।  

त्यस्तै विश्वासको मतको विपक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी लगायतले मतदान गरेका छन ।

  • न्युज बहार संवाददाता

थप