असोज ११,
काठमाडौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानसरोवर र कैलाश पर्वत जाने भएका छन्
। उनी अहिले चीनको औपचारिक भ्रमणमा रहेका छन सोही क्रममा बुधबार तिब्बतको ल्हासा
आएका थिए ।
बिहान ल्हासाको गङ्गा विमानस्थलबाट तिब्बत एयरलाइन्स मार्फत प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागी त्यसतर्फ प्रस्थान गर्नेछन् ।
उनका साथमा कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि भ्रमण दलमा रहेका सदस्यहरू पनि रहने जनाइएको छ ।
- न्युज बहार संवाददाता