कार्तिक ९, सुर्खेत। आज प्रधानमन्त्री प्रचण्ड
माओवादीको आधार इलाका रुकुम पश्चिममा आइपुगेका छन्। हेलिकोप्टर मार्फत जिल्लाको एक
सहिद मेलालाई सम्बोधन गर्नका लागि उनी रुकुम पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्ड रुकुम पुगे लगत्तै 'जनतासँग माओवादी विशेष रूपान्तरण' अभियानका बैठकमा सहभागी भएका छन।
यस अभियान अन्तरर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट
गाउँपालिका– ६ र ७ को
विस्तारित बैठकमा समेत प्रधानमन्त्री सहभागी भएका थिए ।
- न्युज बहार संवाददाता