चैत
६, काठमाडौँ । प्रतिनिधि सभाबाट दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन्।
आज सोमबार
उनले विश्वासको मत माग्दै राखेको प्रस्तावमा प्रतिनिधि सभा सदस्यहरूले मतदान गरेका
थिए।
उनले
राखेको प्रस्तावको पक्षमा
१७२ मत
खसेको हो भने उनलाई विश्वासको मत दिनु हुन्न भन्ने पक्षमा ८९ मत परेको हो।
आज भएको
विश्वासको मतदानमा २६२ सांसद
सहभागी थिए। तीमध्ये १ जना
तटस्थ बसेका थिए।
- न्युज बहार संवाददाता