मंसिर ६, काठमाडौँ । सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरु गरेका छन् ।
प्रधानमन्त्रीद्वारा २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्षसहित बिलासी हलहरुको समेत प्रयोग सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुधबार एक कार्यक्रमका बीच कार्यालयको स्थानान्तरणले नयाँ गति पक्रिने र सबैको एकता अझै बलियो हुने विश्वास व्यक्त गरेका छन । अब पुरनै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रधानमन्त्रीको कार्यकक्षसँगै प्रयोगमा आउने अधिकारीहरुले जनाएका छन ।
- न्युज बहार संवाददाता