साउन २१,
काठमाडौँ । प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट) लाई आज आइतबारदेखि पूर्ण रुपमा
अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने व्यवस्था भएको छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर परराष्ट्रमन्त्री एनपी साउदले उक्त सेवाको उद्घाटन गरेका छन्।
अब सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि स्वयम उपस्थित हुनुपर्ने, काठमाडौँ आएर घण्टौँ सम्म लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ।
अब अनलाइन प्रणालीबाट फारम भर्ने र रिपोर्ट लिने व्यवस्था सञ्चालनमा आएको छ ।
- न्युज बहार संवाददाता