बैशाख
२३, काठमाडौँ । मलेसियाका गृहमन्त्री सैफुद्धिन नसुत्तिन इस्माइल र नेपालका उपप्रधान
एवम् गृहमन्त्री रवि लामिछानेबिच फोनवार्ता भएको छ ।
मलेसियाका
गृहमन्त्री इस्माइलले सामाजिक सञ्जाल फेसबुकमार्फत गत वैशाख १८ गते दुई मन्त्रीबिच
कुराकानी भएको जानकारी गराएका हुन् ।
मलेसियामा नेपाली श्रमिक धेरै रहेको र उनीहरूको सुरक्षा
व्यवस्थाबारे फोनवार्ताका क्रममा गृहमन्त्री लामिछानेले चासो राखेका थिए ।
मलेसियामा लुकेर बसेका गितेन्द्रबावु (जीबी) राईबारे पनि दुई
मन्त्रीहरूको बिचमा कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाकारी दिएको छ।
- न्युज बहार संवाददाता