असार १३, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई ७ दिन थुनामा राख्न अनुमती दिएको छ। अदालतले सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका चार जनालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
हिजो केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनिहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो।
- न्युज बहार संवाददाता