Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आउन लागेको दशैं सम्झेर जनता मुर्छा पर्छ सरकार गरिबको दशैं यसपाली कसरी टर्छ ? : रघुजी पन्त

  •   ३ वर्ष अघि | १९ असोज २०८०, शुक्रबार

असोज १९, काठमाडौँ । आज शुक्रबारको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले कविताको लयमा आफ्ना भनाई राखेका छन ।

उनले शून्य समयमा बोल्दै महंगीका सम्बन्धमा कविताकै शैलिमा  कुराहरु राखेका हुन ।

उनले जनताको दशैं कसरी टर्छ ? महँगीका कारण किनमेल गर्न सकिने अवस्था छैन बन्ने भावमा सरकारको जवाफ मागेका छन् ।

पन्तले आजको प्रतिनिधि सभाको बैठकमा सुनाउनु भएको कविता यस्तो छ ।

खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको बोराले नाघ्यो तीन हजार
रहर दाल किलोको २५०
बजार भाउ सुन्दा गुम्छ होस हवास
तरकारीले भाउ नै नसोध भने झैँ गर्छ
गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ
दशैं पेस्की आउने कहिले कहिले, पेस्कीमा महंगी आयो
सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिले नै अँध्यारो छायो
आउन लागेको दशैं सम्झेर जनता मुर्छा पर्छ
सरकार गरिबको दशैं यसपाली कसरी टर्छ ?

  • न्युज बहार संवाददाता

थप