भदौ ७, काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेका संसदीय समितिको निर्वाचन कार्यक्रम तय भएको छ । प्रतिनिधिसभा सञ्चालन हुन थालेको लगभग ८ महिनापछि यसअन्तर्गत रहेका संसदीय समितिले नेतृत्व पाउने भएको हो ।
बिहिबार प्रमुख चार दलका प्रमुख सचेतक र कानून मन्त्रीसँगको छलफलपछि सभामुख देवराज घिमिरेले सभापतिको निर्वाचन कार्यक्रम तोकेका तय गरेका हुन ।
भदौ ११ गते १ बजेका लागि संसदीय समितिका सभापतिको निर्वाचन तोकिएको सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिएका छन् ।
- न्युज बहार संवाददाता