पुस २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र
पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५
लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
उनलाई
धरौटीमा छाड्न आदेश कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले काठमाडौँ ।
कास्की
जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश
दिएपनि उनी तत्काल नछुट्टे अवस्था देखिएको छ ।
जिल्ला
अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था भने नरहेका हो ।
यसअघि नै
थप जिल्लामा रविविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यही कारणले कास्कीमा धरौटी
बुझाएर पनि उनी नछुट्ने देखिएको हो । यो सँगै रविविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा
अभियोजन समेत भइसकेको छ ।
- न्युज बहार संवाददाता