Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपाका उपसभापतिलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ।

  •   ३ वर्ष अघि | १ साउन २०८०, सोमवार

साउन १, काठमाडौँ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले खोटाङ घर भएका विजय कालीकोटेलाई उपसभापति अर्याललाई असार १९ गते उनको मोवाइलमा म्यासेज पठाएर धम्की दिएको आरोपमा पक्राउ गरेको हो ।

कालीकोटेले असार १९ गतेका दिन दिउँसो १ बजेर २६ मिनेट जाँदा रास्वपाका उपसभापति डोलप्रसाद अर्याललाई मोवाइलमा म्यासेज पठाएर ज्यान मार्ने आशयको धम्की दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताएका छन।

  • न्युज बहार संवाददाता

थप