चैत २१, काठमाडौँ । नुवाकोट जिल्ला प्रहरी
१९ दिनदेखि प्रमुखविहीन रहेको छ । नुवाकोटका एसपी सञ्जयसिंह थापा सुन तस्करी
जाँचबुझ आयोगको कारबाही सिफारिसपछि प्रहरी प्रधान कार्यालय तानिए त्यसयता नुवाकोट
प्रहरी प्रमुखबिहीन बनेको हो ।
एसपी
थापालाई चैत २ गते जिम्मेवारीबाट हटाई प्रहरी हेडक्वाटर तानिएको थियो । आज एसपी
थापा प्रहरी हेडक्वाटर तानिएको १९ दिन बितिसक्दा पनि प्रहरी प्रधान कार्यालयले अहिलेसम्म
नुवाकोटको एसपीमा कसैलाई पठाएको छैन ।
- न्युज बहार संवाददाता