बैशाख २, काठमाडौँ। नेपाली कांग्रेसका एनपी साउद परराष्ट्र मन्त्री बन्ने पक्का भएको छ।
कांग्रेसका एक पदाधिकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको जानकारी दिएका छन।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयलाई एनपी साउद नाम बुझाइसकेका छन्।
परराष्ट्र मन्त्री भएपछी भोलि ३ बजे शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने कार्यक्रम रहेको छ। कांग्रेसवाट मन्त्री हुने अन्य बाँकी मन्त्रीको नाम भने पछि पठाउने ती पदाधिकारी जानकारी गराएका छन।
- न्युज बहार संवाददाता