भदौ १७, काठमाडौँ । नेपालले आईसीसी वुमन्स् टी-२० विश्वकपको एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको जित निकालेको छ । यो जित सँगै नेपालले सेमिफाइनलमा आफ्नो सम्भावना बलियो बनाएको छ ।
समूह चरणको दुई खेलमा नेपालले अब कम्तीमा पनि एउटा जित निकाल्दा पनि सेमिफाइनल पुग्नेछ ।
नेपालले भुटानले दिएको ४० रनको सामान्य लक्ष्य १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो ।
- न्युज बहार संवाददाता