बैशाख
२९, काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य
बालकृष्ण खाणलाई नेपाली कांग्रेसले तत्काल निलम्बन नगर्ने भएको छ।
नेपाली कांग्रेसको बैठकमा केही पदाधिकारीले खाणमाथि गम्भीर अभियोग लागेकोले पार्टीबाट निलम्बन गरिनुपर्ने आवाज भने राखेका थिए।
तर अन्य केही पदाधिकारीले भने यो प्रकरणमा खाणको संलग्नता पुष्टि नभइसकेकोले अहिले नै निलम्बन गर्नु नपर्ने कुरा राखेका छन।
- न्युज बहार संवाददाता