Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाली कांग्रेस र नेकपा एमालेको टार्गेटमा रास्वपा छ : रवि लामिछाने

  •   २ वर्ष अघि | १४ साउन २०८१, सोमवार

साउन १४, काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेको टार्गेटमा आफ्नो पार्टी परेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । 

आज सोमबारको प्रतिनिधि सभा बैठकमा आफ्नो भनाइहरु राख्दै सभापति लामिछानेले कांग्रेस महामन्त्रीको अभिव्यक्ति, प्रधानमन्त्रीको अभिव्यक्ति र एमाले नेताको अभिव्यक्तिबाट पनि रास्वपा दुई ठुला दलको टार्गेट बनिरहेको पुष्टि भएको बताएका हुन । 

यस विषयमा उनले भने ‘सरकारमा रहेका दुई ठुला दलको टार्गेट राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । हिजोको कांग्रेस महामन्त्रीको अभिव्यक्ति, प्रधानमन्त्रीको अभिव्यक्ति र आज विषयान्तर गर्न खोज्नुभएका एमालेका पुराना नेताको अभिव्यक्तिले के देखाउँछ भने अव यी नयाँलाई ठिक पार्नुपर्छ, एउटा एउटा आरोप लगाइदिनुपर्छ भनेर मिलेको कुरा पनि स्पष्ट भएको छ ।’

लामिछानेको भनाइ अनुसार नेताहरूका यस्तै अभिव्यक्ति र संसदमा भइरहेको पछिल्ला गतिविधिहरूले अव मुलुकका लागि रास्वपा नै देशको विकल्प हो भन्ने कुरा स्पष्ट भएको छ ।  

  • न्युज बहार संवाददाता

थप