Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भोलीदेखि शैक्षिक हड्ताल सुरु गर्ने नेपाल शिक्षक महासंघको घोषणा

  •   १ वर्ष अघि | २४ चैत्र २०८१, आइतवार

चैत २४, काठमाडौँ । नेपाल शिक्षक महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

काठमाडौँकेन्द्रित आन्दोलनमा रहेको महासंघले भोली सोमबारदेखि शैक्षिक हड्ताल सुरु गर्ने घोषणा गरेको छ । काठमाडौँका सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले महासंघको कार्यक्रमअनुसार शैक्षिक हड्ताल गर्ने भएका हुन् ।

माघ २० गतेदेखि शिक्षक महासंघ आन्दोलनमा रहेको छ । चैत २० गतेदेखि भने काठमाडौँ केन्द्रित आन्दोलन भइरहेको छ।

महासंघका अनुसार ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो ।

यो आन्दोलनलाई अझ सशक्त बनाउन चैत्र २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको महासंघले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप