असार २४, काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो ११ः३१ बजेका लागी बैठक बोलाइएको छ ।
आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुने सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख गरिएको छ।
- न्युज बहार संवाददाता