मंसिर १२, काठमाडौँ । सांसद डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति बनाउने भएको छ । विधानमा दुई जना उपसभापति रहने रास्वपाले व्यवस्था गरेको छ ।
डोलप्रसाद अर्यालमात्र पार्टी गठनदेखि हालसम्म उपसभापति रहेका छन् । अर्थविद् समेत रहेका वाग्लेलाई अर्को उपसभापति बनाउन लागिएको रास्वपाका एक नेताले जनाएका हुन ।
सभापति रवि लामिछानेले वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव महोत्तरीको जलेश्वरमा जारी बैठकमा मंगलबार पेश गरेका छन्। बुधबार मात्र वाग्ले उपसभापति भएको औपचारिक घोषणा हुनेछ ।
- न्युज बहार संवाददाता