असोज
१५, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी
विकास मन्त्री कुलमान घिसिङले नवमीको दिन बीपी राजमार्गमा सवारी सञ्चालन र बाढीले
क्षति पुर्याएका सडकखण्डहरूको पुनर्निर्माण अवस्थाबारे निरीक्षण गरेका छन्।
चाडपर्वको समयमा
यात्रुहरूलाई बीपी राजमार्ग प्रयोग गर्दा भएका समस्याहरू, ट्राफिक व्यवस्थापन र गत वर्षको बाढीपछि
भएका पुनर्निर्माण कार्यको स्थलगत अवलोकन गर्न मन्त्री घिसिङ सडक विभागका
महानिर्देशक तथा सम्बन्धित परियोजनाका अधिकारीहरूलाई साथ लिएर निरीक्षणमा निस्किएका
हुन्।
- न्युज बहार संवाददाता