मंसिर १, काठमाडौँ । मन्त्रालय र मातहतका अधिकारीलाई कामको गति बढाउन निर्देशन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दिएका छन् ।
उनले नेपालीका
महत्त्वपूर्ण चाड पर्व सकिएसँगै अब कामलाई गति दिन निर्देशन दिएका हुन ।
उनले आज
आयोजित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रालय र मातहतका उच्च अधिकारी
सम्मिलित बैठकलाई सम्बोधन गर्दै चालु आर्थिक वर्षको चार महिना पूरा भएको सन्दर्भमा
हालसम्म भए गरेका काम कारबाहीको विस्तृत विवरण प्रस्तुत गर्न र कामलाई पूर्णरुपमा
गति दिन आग्रह
गरेका छन ।
- न्युज बहार संवाददाता