साउन २, काठमाडौँ । उपप्रधानमन्त्री तथा
गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग भएको छ। मिटरब्याज पीडितमध्येको को
एक समूहले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।
किसान मजदुर संघर्ष समितिले आज मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध भन्दै काठमाडौँको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको थियो ।
सो प्रदर्शनका सहभागी भएका सबैले गृहमन्त्रीको राजीनामा माग गरेका छन ।
मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै सरकारले मुलुकी ऐन संशोधनसमेत गरिसक्दा पनि संघर्ष समितिले उक्त कानुनले पनि मिटरब्याज पीडितको समस्या समाधान नहुने र उक्त कानुनका केही विषय पीडितको पक्षमा नभएको र यसमा गृहमन्त्रीको भूमिका रहेने भएकोले उनको राजिनामा माग गरेका समितिका प्रवक्ता नीर्ग नवीनले बताएका छन।
मिटरब्याजसम्बन्धी संसदले पारित गरेको कानुनका केही विषय पीडितको पक्षमा नभएको र यसमा गृहमन्त्रीको भूमिका रहेकाले राजीनामा माग गरेको बताए ।
- न्युज बहार संवाददाता