असोज ७, काठमाडौँ । शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको भेट र छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू उत्साहित भएको बताएका छन् ।
बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज साँझ उक्त वार्ता निकै सौहार्द्रपूर्ण रहेको बताएका छन ।
प्रधानमन्त्रीको भनाइ अनुसार यस वार्ताले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास रहेको छ ।
- न्युज बहार संवाददाता