जेठ २१, काठमाडौँ। आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने छ ।
त्यसैगरी आजको बैठकमा ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनि अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
- न्युज बहार संवाददाता